बान्नीगढी सामुदायिक बनमा आगलागी : गाउँपालिका मूकदर्शक

बान्नीगढी सामुदायिक बनमा आगलागी भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १,२ र वडा नम्बर ४ मा पर्ने बान्नीगढी सामुदायिक बनमा आगलागी भएको हो ।
बनमा हिजो शुक्रवार साँझ देखी आगलागी भएको भए पनि हाल सम्म आगो निभाउन कुनै पनि निकायले चासो देखाएका छैनन् ।
आगो नियन्त्रणका लागी अझैसम्म कुनै पनि निकायले प्रयास नगर्दा बनमा आगो झन् झन् फैलिँदै गएको छ ।
सल्ली, खर, सुकेका काठ र पतींगर गर्दा आगो झन् फैलिँदै गएको छ ।
आगो निभाउनका लागी सर्वसाधारणलाई आग्रह गर्दा समेत बेवास्था गर्दा आगो नियन्त्रणमा ल्याउन असहज भएको तिमिल्सैन सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष तिलक खत्री तिमिल्सैनाले बताउनुभयो ।
बान्नीगढी जयगढ गाउँपालिकाको सबै भन्दा ठुलो बन तथा ऐतिहासिक ,पर्यटकीय र धार्मिक स्थल रहेको बान्नीगढी बन क्षेत्रमा शुक्रवार साँझ देखी नै आगलागी भएको भए पनि आगो नियन्त्रणका लागी बान्नीगढी जयगढ गाउँपालिकाले समेत कुनै चासो लिएको छैन ।