यस कारण पर्याप्त पानी पिउन आवश्यक छ : डाक्टर मन्दिप पाठक ( कुराकानी )

पानी बिनाको जिन्दगी कल्पना भन्दा पनि बाहिरको कुरा हो ।
तर जाडो समयमा हामीलाई त्यत्ति धेरै पानी पिउन मन लाग्दैन । कति पयको त जाडो होस या गर्मी दुबै मौसममा पानी असाध्यै कम पानी पिउने बानी हुन्छ ।
जाडोमा पानी कम पिउँदा पनि हामीलाई खासै समस्या भएजस्तो लाग्दैन । तर त्यसले शरीरका विभिन्न अङ्गहरूमा निकै असर गरिरहेको हुन्छ ।
पानीको कमीले शरीरको पाचन प्रणाली र निष्कासन प्रणालीमा गम्भीर समस्या देखिन सक्छ । त्यति मात्रै होइन मधुमेह , उच्च रक्तचाप , मुटुसँग सम्बन्धित समस्या , ग्यास्ट्रिक , शरीरमा हुने आलस्यता , कब्जियत पानीकै अभावले हुने गर्दछ ।
पानीको अभावले मिर्गौलामा त झनै ठुलो समस्या हुन्छ । पानी बढी पिउँदा पनि हाम्रो सरिरमा गम्भीर समस्या देखा पर्न सक्छ । विज्ञका अनुसार एकै पटकमा धेरै पानी पिउनु खतरनाक हुन्छ । त्यसैले दिनमा बिहान देखि बेलुका सम्म पटक पटक गरेर दुई देखि तिन लिटर पानी पिउनु राम्रो मानिन्छ ।
यसै बिच आज हामीले मानव शरीरमा पानीको महत्वका विषयमा बयालपाटा अस्पतालका हार्डजोर्नि विशेषज्ञ डाक्टर मन्दिप पाठकसँग कुराकानी गरेका छौँ कुराकानीको सुरुमा उहाँलाई हामीले पानी कम पिउँदा मानव शरीरमा कस्ता समस्याको जोखिम बढी हुन्छ भनेर सोधेका छौँ ।