क्यान्सर पीडित बुढाको जीवन रक्षाका लागि आर्थिक सहयोगको अपिल

अछामकी क्यान्सर पीडित बालीका मन्सरा बुढाको जीवन रक्षा गर्न आफन्तले आर्थिक सहयोग गरी जीवन रक्षा गर्न अपिल गरिएको छ ।
ढकारी गाउँपालिका वडा नम्बर ६ मोयकाँडा की १८ बर्षिया क्यान्सर पीडित बालीका बुढाको जीवन रक्षाको लागि मन्सरा बुढा बचाउ अभियान सञ्चालन गरिएको छ ।
समाजसेवी देवेन्द्र बहादुर बुढा, भूपेन्द्र बहादुर बुढा लगायतका आफन्तले क्यान्सर पीडित बुढाको जीवन रक्षाका लागी सक्दो सहयोग गर्न सवैमा आग्रह गरेका छन् ।
यस अघि पनि विभिन्न सामासिक सङ्घसंस्थाले क्यान्सर पीडित मन्सराको उपचारको लागी सङ्कलन गरिएको २ लाख रुपया उनको उपचारका लागी खर्च भइसकेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको उपचारका लागी तत्काल अप्रेसन गर्नुपर्ने छ । अप्रेसनका लागी पुनः ४÷५ लाख लाग्ने अनुमान गरिएको छ ।
उपचारका लागी परिवार सँग आर्थिक नभएकाले सहयोगका लागी अभियान नै सञ्चालन गर्नुपरेको आफन्त देवेन्द्र बहादुर बुढाले बताउनुभयो ।
क्यान्सर पीडित बुढाको भरतपुर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । क्यान्सर पीडित बालीका बुढाको जीवन रक्षाको लागी चितवनमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर १३१०१०००५९२७४०१० मा सहयोग गर्न अपिल गरिएको छ ।