अवशरवादिका पछाडी नलाग्न ईन्चार्ज साउँदको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक दर्नामा सम्पन्न भएको छ ।

नेकपा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ वडा सङ्गठन कमिटी दर्नाका अध्यक्ष चक्र बहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको बैठकमा जिल्ला सचिवालय सदस्य बान्नीगढी जयगढ गाउँपालिका इन्चार्ज लोक बहादुर साउँद प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्चार्ज साउँदले केपी ओलीको असंवैधानिक कदमका विरुद्ध सबै कार्यकर्ता एकजुट भई अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टी एकताको पक्षमा उभिँदै इन्चार्ज साउँदले अवसरवादका पछाडि नलाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य निर्मला साउँद,नयन बहादुर शाह,नरेन्द्र साउँद,सल्लाहकार सदस्य लाल कामी,गाउँपालिका सङ्गठन कमिटी अध्यक्ष तरुण खड्का लगायतका अतिथि रहनु भएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker