Techie IT

धार्मिक तथा पर्यटकीय क्षेत्र अयरबण्डमा कोकिला देवि मन्दिरको शिलन्यास


कमल रावल, पुष २६ अछाम
मंगलसेन नगरपालीका वडा नम्बर १४ कालागाउमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र अयरबण्डमा निर्माण हुन लागेको मन्दिरको शिलन्यास गरिएको छ ।

अयरबण्डमा रहेको तालको निरिक्षण सहीत कोकिला देवि मन्दिरको मंगलसेन नगरपालीकाका प्रमुख पदम बहादुर बोहराले शिलन्यास गर्नु भएको हो ।

चालु आर्थिक बर्ष २०७७÷०७८ बजेटबाट नगरपालीको १५ लाख लागतमा बन्ने मन्दिरको शिलन्यास गर्दै नगरप्रमुख बोहराले पर्यटकीय क्षेत्रले मंगलसेन नगरपालीका धनी भएकाले तिनिहरुको संरक्षण तथा सम्बद्र्धनका लागी गुरु योजना सहीत नगरपालीका अघि बढेको बताउनु भयो ।

नगरबाट सम्भव योजना नगरबाट र बाँकी आवश्यकताका आधारमा प्रदेश र केन्द्र सरकारबाट सम्बोधन हुने गरि पुरै गुरुयोजना बनाई कार्यान्वयनको दिशामा अघि बढेको बताउनु भयो ।

नगरभित्रको सुरैकोट सरकारको प्रमुुख १ सय गन्तब्य पर्यटकिय स्थलमा परेकाले अन्य भट्टेको मालीका, ठुलासैनको मालीका, जाजकोट, धुम्रलोचनी, अयरबण्ड तथा कैलाश मुठको सरक्षण सम्बद्र्धन सहीत नगरपालीका अघि बढिरहेको बताउनु भयो ।

नगरको लैकै लेकले समेटेको भेगमा थुप्रै पर्यटकीय स्थल भएकाले भौतीक पुर्बाधारले सम्पन्न भएपछी आकर्षणका बिन्दु बन्ने बताउनु भयो ।शिलन्यास कार्यक्रममा मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष सुरत बहादुर सोडारीले परापुर्ब कालदेखीको रमणीय तथा धार्मिक रुपले परिचीत अयरबण्डमा बन्ने कोकिला देवि मन्दिरले झनै सोभा दिने बताउनु भयो ।

आफुले जिम्मा लिएको मन्दिरको काम तोकीएकै समयमा सम्पन्न हुने बताउनु भयो । नगरले बनाएको योजना अनुसार थुप्रै वडामा रहेका पर्यटकीय स्थलको भौतीक पुर्बाधार सम्पन्न गर्ने कार्य जारी रहेको मंगलसेन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनु भयो ।

अयरबण्डमा मन्दिर निर्माणमा नगरबाट १० लाख, मन्दिरसम्म आईपुग्ने पथ मार्गका लागी प्रदेशबाट १५ लाख र बण्ड संरक्षणका लागी समेत बजेट आएकाले कार्यान्वयन तिर अघि बढेको बताउनु भयो ।

मन्दिर शिलन्यास कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष तेज बहादुर भण्डारी, नगरपालीका स्वास्थ्य शाखा संयोजक मान बहादुर सोडारी, सव ईञ्जिनियर सुरेश पाल, एमआईएस अपरेटर होम बहादुर साउद, पत्रकार कमल रावल, कमल रावल, नमराज भण्डारी, चक्र प्रसाद जैशि लगाएतको सहभागीता रहेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस