अछाममा करिब साढे ४ हजार बढीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन (कुराकानी सहित)

अछाममा राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन कार्य तथा व्यक्तिगत घटना दर्ता कार्यको पहिलो चरण अभियानकै रुपमा सञ्चालन गरिएको छ ।

जिल्लाका सबै स्थानीय तहका वडा तहमा सङ्कलन गरिने विवरणका लागि शिविर सञ्चालन भइरहेका छन् ।

पहिलो चरणको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनमा आज सम्म ४ हजार ५सय ७ जनाको विवरण दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय अछामको पहलमा मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, कमलबजार नगरपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्यमा अपरेटरहरूले काम गरी रहेका छन् ।

मंगलसेन नगरपालिकामा २हजार ३ सय ३८ जनाको विवरण सङ्कलन भएको छ । बान्निगढी जयगढ गाउँपालिकामा १हजार ४ सय ३१ जनाका विवरण दर्ता भइएको छ भने कमलबजार नगरपालिकामा ७ सय ३८ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायका अनुसार अछाम जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्तासम्बन्धी अभिमुखीकरण गोष्ठी समेत सम्पन्न भएका छन् ।

रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले पहिलो चरणमा सरोकारवालाहरूको सहभागितामा पुस २० गतेदेखि सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम करिब ३ महिना भित्र जिल्लाका सबै स्थानीयहरूमा सक्ने गरी काम भइरहेको बताउनुभयो ।

उहाँले यो राष्ट्रिय अभियान भएकाले सबैले यसमा आबद्ध हुनुपर्ने बताउनुभयो । नागरिकको मौलिक अधिकार भित्र पर्नै यो अधिकारको सदुपयोग गर्न पनि उहाँले अपिल गर्नुभयो ।

कुराकानी :- सिडियो

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker