अछाम प्रहरीद्वारा अवैध मदिरा नियन्त्रण अभियान तीव्र

जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिरा विरुद्धको अभियानलाई तीव्रता दिएको छ ।

प्रहरीले जिल्लाका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिई नष्ट समेत गरेको छ । दुई दिनको अवधिमा अवैध न्युन गुणस्तर मदिरा ७२ लिटर, तयारी घरेलु मदिरा १ हजार ५ सय ५५ लिटर र कच्चा पदार्थ पास ५हजार ८ सय ६० लिटर बरामद गरी नष्ट नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम र अस्थायी प्रहरी पोस्ट बारला बाट खटी गएको गस्ती टोलीले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ गन्यौल्यामा तयारी घरेलु मदिरा १ हजार ५सय लिटर र घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास ५हजार ८ सय लिटर बरामद गरी नष्ट गरेको हो ।

यसैबिच आइतबार जिल्ला प्रहरी कार्यालय अछाम र अस्थायी प्रहरी पोस्ट गैरिटाँडबाट कमलबजार नगरपालिकाका वडा नम्बर ५ मा अवैध न्युन गुणस्तर मदिरा ७२ लिटर, अस्थायी प्रहरी पोस्ट ठुलासैनले मंगलसेन नगरपालिका वडा नम्बर ७ मा तयारी घरेलु मदिरा ३० लिटर र कच्चा पदार्थ पास ६० लिटर र प्रहरी चौकी तुर्माखाँदबाट तुर्माखाँद गाउँपालिका वडा नम्बर ७ तोषी बाट तयारी घरेलु मदिरा २५ लिटर बरामद गरी स्थानीय जनप्रतिनिधि र भद्र भलादमीहरूको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker