एमयूमा प्रहरी र विद्यार्थीबीच झडप, तीन जना घाइते

मध्य पश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा प्रहरी र विद्यार्थीबिच झडप हुँदा तीन जना विद्यार्थी घाइते भएका छन् ।
परीक्षाका विषयमा विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसँग विद्यार्थीको छलफलका क्रममा विवाद हुँदा स्थिति नियन्त्रणमा लिँदा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो ।
झडपमा स्ववियु सदस्य तथा नेविसंघका नेता रोशन बस्नेत, विद्यार्थी तर्कराज शाही र लक्ष्मण बोगटी लाई गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उपकुलपतिसँग विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको बताइएको छ । घाइतेहरूको स्थानीय माया नर्सिङ होममा उपचार भैरहेकाे छ ।
प्रहरी कार्यालयले दिएको जानकारी अनुसार विद्यालयका उपकुलपति सिंहलाई ज्ञापन पत्र बुझाउन विद्यार्थी कार्यालय पुगेका थिए । उपकुलपति सिंहले ज्ञापन पत्र बुझ्न नमानेपछि विद्यार्थीले उपकुलपतिसँग विवाद गरेका हुन् ।
उपकुलपति कार्यालयबाट निस्किने क्रममा विद्यार्थीले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको सुर्खेत प्रहरीका डिएसपी रामप्रसाद घर्तीले बताए ।
दुल्लु खवरबाट
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस