रामारोशनमा अनियन्त्रित नदीजन्य पदार्थ उत्खनन गर्न नपाईने

अछामको रामारोशन गाउँपालिकाले बालुवा, ढुङ्गा, गिट्टी सङ्कलन तथा उत्खनन कार्यमा रोक लगाएको छ ।
कैलाश खोला र आसपासका शाखा खोलामा अनियन्त्रित रूपमा निकासीको कार्य भएकाले पालिकाको राजश्व प्रार्मश समितीको बैठकले रोक लगाउने निर्णय गरेको हो ।
आगामी दिनमा बालुवा, ढुङ्गा र गिट्टी उत्खनन कार्यलाई ठेक्का प्रक्रिया मार्फत व्यवस्थित गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
यस्तै रामारोशन गाउँपालिकाले कैलाश खोला र आसपासका खोलामा बालुवा, ढुङ्गा, गिट्टी सङ्कलन तथा उत्खनन कार्य नगर्न पनि आग्रह गरेको प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।
आवश्यक सहयोगका लागि शान्तडा र रामारोशन प्रहरी चौकीले सहजीकरण गर्ने छन् ।