नेपाल रेडक्रस सोसाइटी मंगलसेन उपशाखाको सातौँ सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी मंगलसेन उपशाखाको सातौ उपशाखा सभा सदरमुकाम मंगलसेनमा आज सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको हलमा सम्पन्न सभामा रेडक्रस अछामका जिल्ला सभापति तथा कार्यक्रमका प्रमुख अथिती रत्नप्रसाद ढुंगानाले रामारोशनमा आएको बाढी पहिरो लगायत प्राकृति प्रकोपमा आर्थिक, सामग्री र अन्य मानविय सहयोग गरिरहेको भनाइ राख्नुभयो ।
जिल्ला अस्पतालमा ब्लड बैंक भएपनि व्यक्तिमा रगत नदिने प्रवृत्ति रहेको भनाइ राख्नुभयो ।
निवर्तमान केन्द्रीय सदस्य बृकेशसिंह बोगटीले रेडक्रसको कार्यसमिति सरकारले विगठनपछि नयाँ समिति निर्माणको क्रममा रहेको भनाइ राख्नुभयो ।
रेडक्रस अछामले कोभिड १९ र विपद् सम्बन्धिका कामरू गरेको भनाइ राख्नुभयो ।
स्थानीय सरकारले रेडक्रसलाई आवश्यक रूपमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।
मंगलसेन नपगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष पदमसिंह भाट, जिल्ला शाखाका पूर्वसभापति चन्द्रमणी भाट, उपशाखाका पुर्व सभापति नगेन्द्रप्रसाद ढुंगानाले मन्तव्य राख्नुभएको थियो । रेडक्रस सोसाइटी मंगलसेन शाखाको सातौ उपशाखा सभाका सभापति डम्बरबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सञ्चालन उपशाखाका सचिव धनकुमार केसीले गर्नुभएको थियो ।
कार्यक्रममा रेडक्रसका आजिवन सदस्यहरूको सहभागीता रहेको कार्यक्रममा उपशाखाका उपसचिव नरेशबहादुर कठायतले गर्नुभएको थियो ।