Techie IT

छैटौँ राष्ट्रिय योग दिवस अछाममा पनि मनाइयो


राष्ट्रिय योग दिवस अछाममा पनि मनाइएको छ ।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित छैटौँ राष्ट्रिय योग दिवस मनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा मनाइएको योग दिवसमा विभिन्न योगाभ्यास, योग प्राणायाम, आसन प्राणायाम गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्ने बताउनुभएको छ ।

उहाँले शारीरिक एवम् मानसिक रूपले स्वस्थ र निरोगी हुन योगले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

शान्ति स्मारक मंगलसेनमा मनाइएको योग दिवसमा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैना, पतञ्जलि योग समिति अछामका अध्यक्ष वैद्य जय बहादुर बोगटी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख गजेन्द्र प्रसाद कुसवाहा लगायत जिल्लाका विभिन्न सरकारी कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिन्छ ।

पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरू योग गरे समाधान हुने डाक्टरहरू बताउँछन् ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!