Techie IT

क्यान्सर पीडित बुढाको उपचारका लागि ३८ हजार सहयोग


अछामकी क्यान्सर पीडित बालीका मन्सरा बुढाको उपचारका लागि ३८ हजार सहयोग गरिएको छ ।

क्यान्सर पीडित बुढाको जीवन रक्षा गर्न अपिल गरिए अनुसार अनलाइन सिङ्गिङ प्रतिभा (ओ एस पि) संस्था र सामाजिक क्षेत्रका लागि सञ्चालित कार्यक्रम इन्द्रेणीबाट उक्त रकम सहयोग गरिएको हो ।

मलेसियामा सञ्चालित अनलाइन सिङ्गिङ (ओ एस पि) का अध्यक्ष प्रजा थापा प्रशान्तको पहलमा २३ हजार र कार्यक्रम इन्द्रेणीबाट १५ हजार सहयोग प्राप्त भएको मनसरा बुढा अभियान चलाइरहनु भएका समाजसेवी दिनेश विकले जानकारी दिनुभयो ।

यस अघि पनि विभिन्न सामासिक सङ्घसंस्थाले क्यान्सर पीडित मन्सराको उपचारको लागी सङ्कलन गरिएको २ लाख रुपया उनको उपचारका लागी खर्च भइसकेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको उपचारका लागी तत्काल अप्रेसन गर्नुपर्ने छ ।


अप्रेसनका लागी पुनः ४÷५ लाख लाग्ने अनुमान गरिएको छ ।

उपचारका लागी परिवार सँग आर्थिक नभएकाले सहयोगका लागी अभियान नै सञ्चालन गरिएको अभियन्ता दिनेश विकले बताउनु भयो ।

उहाँले ग्लोबल बैङ्कको खाता नम्बर १८०७०१०००९०८५ मा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

क्यान्सर पीडित बुढाको भरतपुर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस