Techie IT

रहेनन अछाम कांग्रेसका नेता देवकोटा


नेपाली कांग्रेस अछामका नेता धर्मराज देवकोटाको निधन भएको छ ।

उपचारका लागि काठमाडौ जान लागेका नेता देवकोटा नेपालगन्ज विमानस्थलमा बेहोस भएका नेपालगन्ज मेडिकल कलेजको कोहलपुर स्थित शिक्षण अस्पताल लगिएको थियो ।

कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस अछामले जनाएको छ ।

देवकोटाको सब यात्रामा सयौं मानिस हरु सहभागी भएका थिए । नेता देवकोटाको पार्थिव शरीर लाई श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको टिकापुर स्थित कार्यालयमा राखीएको थियोे ।

सुदुरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावले देवकोटाको पार्थिव शरीरमा पार्टीको चारतारे झन्डा ओढाएर नेपाली ओढाएका श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जलीका नेपाली कांग्रेस अछामका नेता देवकोटाको बिहिवार टिकापुर स्थित कर्णाली नदिको सनकट्टी घाटमा अन्त्येष्टि गरिएको छ ।

उनको जन्म २०२० साल असार २१ गते अछामको विनायकमा भएको थियो ।

२०३६ सालको जनमत संग्रहमा सहभागी भएर नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५४ सालमा साविकको विनायक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनका आमा, चार छोरा, तीन छोरी र श्रीमती छन ।

नेता देवकोटाको निधनमा नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले शोक व्यक्त गरेका छन ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस