जिल्ला प्रशासन कार्यालय अछामद्धारा ५४ थान कम्बल वितरण

जिल्ला प्रशासन कार्यालय अछामले १ महिनाको अवधिमा ५४ थान न्यानो कम्बल वितरण गरेको छ ।

जिल्लाका अति विपन्न तथा बेसहारा वृद्धवृद्धा, विपन्न, गर्भवती, अपाङ्ग नागरिकहरूलाई यही पौष एक गतेदेखि कम्बल वितरण गर्न सुरु गरिएको थियो ।

जिल्ला प्रसासान कार्यालय अछाममा सेवा लिन आउने १० ओटै स्थानीय तहका सेवाग्राहीलाई कम्बल वितरण गरिएको जिल्ला प्रसासान कार्यालय अछामले जानकारी दिएको छ ।

बृद्धबृद्धालाइ थोरै भए पनि चिसोबाट बच्न राहत मिलोस् भन्ने उद्देश्यले कम्बल वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।

आर्थिक अवस्था निकै कमजोर भएका तथा सहारा कोही नभएका ज्येष्ठ नागरिकलाई बढी प्राथमिकता दिने गरेको उपाध्यायले उल्लेख गर्नुभयो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker