कमलबजार पिसीआर प्रयोगशालालाइ ५ लाख सहयोग

मंगलसेन नगरपालिकाले कमलबजार पिसीआर प्रयोगशालालाई आर्थिक सहयोग गरेको छ ।
मंगलसेन नगरपालिका नगरकार्यापालिकाको आठौँ कार्यपालिकाको बैठकमा पिसिआर प्रयोगशालालाई आर्थिक सहयोग गर्ने निर्णय अनुसार आज कमल सिपिआर प्रयोगशाला ५ लाख आर्थिक सहयोग गरिएको मंगलसेन नगरपालिकाले जनाएको छ ।
मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले कमल बजार नगरपालिकाका लेखापाल शरद प्रसाद ढुङ्गानालाई ५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण गर्दै नगरप्रमुख बोहराले नगरपालिकाले पिसिआर प्रयोगशाला सहयोग गर्ने प्रतिबद्धता अनुसार नै आर्थिक सहयोग गरिएको बताउनुभयो ।
प्रयोगशाला स्थापना गर्दा भएको खर्च र प्रयोगशालाको ब्यावस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।
यसअघि जिल्लाको ढकारी गाउँपालिकाले पनि गत साउन महिना मै १० लाख र तुर्माखाद गाउँपालिकाले पनि १० लाख अर्थिक सहयोग गरेको थियो ।
चेक हस्तान्तरण कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रसासकिय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर धामी, नगरपालिकाका स्टोर किपर नरेश कडायत लगायत नगरपालिकाका कर्मचचारिको सहभागिता रहेको थियो ।