अछाममा क्वारेन्टाइन बनाईएका विद्यालयहरु अझै मर्मत भएनन् (रिपोर्ट सहित)

लकडाउनका समयमा क्वारेन्टाईन तथा आइसोलेशन बनाएका अछामका विद्यालयहरुमा पठन पाठनमा समस्या भएको छ ।
कोरोना भाइरसको महामारीपछि अहिले विद्यालयहरु खुलेका छन् तर लकडाउनका समयमा क्वारेन्टाइन तथा आइसोलेशन केन्द्र बनाईएका विद्यालयहरुको मर्मत भने भएको छैन ।
क्वारेन्टाइन बनाईएका विद्यालयको सरसफाइ तथा मर्मत नहुँदा पठन पाठनमा समस्या भएको हो ।
अछामा ३ सय ९० ओटा आधारभुत विद्यालय र ९५ ओटा माध्यामि विद्यालय गरी जम्मा ४ सय ८५ ओटा बिद्यालय रहेका छन ।
लकडाउनका समयमा जिल्लामा २ सय २८ ओटा क्वारेन्टाईन निर्माण गरिएका थिए, जस मध्य २ सय २१ ओटा विद्यालयहरुमा क्वारेन्टाईन निर्माण भएका थिए ।
क्वारेन्टाइन पछी ९ ओटा विद्यालयलाई बिभिन्न स्थानीय सरकारले आइशोलेसन केन्द्रको रुपमा पनि रुपमा स्थापना गरेको जिल्ला स्वासथ्य कार्यालय अछामको तथ्यांकले जनाएको छ ।
ढकारी गाउँपालिका गुरुकुल माध्यामिक विद्यालयलाइ पनि लकडाउनको समयमा क्वारेन्टाइन बनाइएको थियो ।
विद्यालयमा झण्डै ४ महिनासम्म २ सय ६५ मानिसहरु क्वारेन्टाइनमा बसेका थिए ।
अहिले विद्यालयको डेस्क, बेन्च देखि झ्याल ढोका सम्ममा क्षति पुगेको कक्षा ९ मा पढ्ने भुपेन्द्र बुढाले बताउनुभयो ।
क्वारेन्टाइन र आइसोलेसन बनाईएका विद्यालयहरुको सरसफाइ र मर्मतमा भने स्थानीय सरकारले ध्यान दिएका छैनन् ।
जसले गर्दा पढाइमा नै प्रभाब परेको विद्यार्थी नन्दकला बुढाको भनाई छ । अछाममा लकडाउन अघि अछामका ३ सय ९० आधाभुत तहका विद्यालयमा कार्पेटको व्यवस्था थियो ।
तर अहिले ति कार्पेटहरु हराइसकेका विद्यालय प्रसासनले जनाएको छ । विद्यालयका अन्य सामानसंगै विद्युतिय सामग्री पनि नष्ट हुँदा पढाइ प्रभावकारी नभएको ढकारीको गुरुकुल माध्यामिक विद्यालयका प्रधानाध्यापक भिम बहादुर शाहीको भनाई छ ।
उहाँका अनुसार गाउँपालिकासंग मर्मत सम्भार गर्न आग्रह गर्दा पनि गाउँपालिकाले कुनै चासो दिएको छैन ।
जिल्लामा क्वारेन्टाइन बनाईएका विद्यालयको सरसफाइ तथा मर्मत नहुँदा पठन पाठनमा समस्या भेरहेका बेला जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुंवरले अहिले सवै स्थानीय तहका विद्यालयहरुमा अनुगमन भैरहेको र क्षति भए अनुसार मर्मत गर्ने तयारी रहेको बताउनुभयो ।
लामो समयपछि नियमित विद्यालय पुगेका विद्यार्थीहरु विद्यालयको अवस्थाका कारण पढ्नमा असहजता भएको बताउँछन् ।
तेसैले सवै स्थानिय तहहरुले विग्रीएका र भत्कीएका विद्यालयका भौतिक संरचना मर्मत गरेर पठन पाठनलाई प्रभावकारी बनाउन आवश्यक छ ।
एकेन्द्र खत्रीको रिपोर्ट
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस