क्यान्सर पीडित बुढाको उपचारमा २ लाख सहयोग

अछामकी क्यान्सर पीडित बालीका मन्सरा बुढाको उपचारका लागि थप १० हजार ८ सय ५१ रुपया सहयोग गरिएको छ ।
क्यान्सर पीडित बुढाको जीवन रक्षा गर्न भन्दै सुदूर पश्चिमेली नेपाली समाज भारत राज्य समिति पन्जाबले ३ हजार २ सय, सुदूर पश्चिमेली नेपाली समाज भारत राज्य समिति पन्जाबका अध्यक्ष नारायण जोशीले आफ्नो जन्मदिनको अवसरमा १ हजार ५ सय ५१, राज्य समितिका उपाध्यक्ष इन्द्र दियालले २ हजार, मष्टा प्रदेशी युवा समूह कोष, के आइ सिंह गाउँपालिका ६ फलेडी डोटीले ४ हजार १ सय प्रवासी नेपालिहरुले १० हजार ८ सय ५१ आर्थिक सङ्कलन भएको हो ।
यस अघि पनि विभिन्न व्यक्तिहरूले उनको उपचारमा करिब २ लाख आर्थिक सङ्कलन भएको छ ।
विगत लामो समय देखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार पछि हाल क्यान्सर निको भइसकेको छ ।
किमो र अन्य उपचारमा अहिले सम्म उनको उपचारमा ८ लाख ५४ हजार खर्च भैससको छ । अप्रेसनका लागी पुनः ७÷८ लाख लाग्ने अनुमान गरिएको छ ।
उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
क्यान्सरको प्रभावका कारण क्यान्सर निको भएपछि पनि हिपबोन खराब भएकोले हिपबोन फेरेर स्टिलको हाल्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस