मंगलसेन नगरपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

होम साउँद अछाम
मंगलसेन नगरपालिकामा चालु आर्थिक वर्ष २०७७÷७८ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका मार्फत चालु क्आर्थिक वर्षको ६ महिनामा भए गरेका क्रियाकलाप र सम्पादीत कामकार्यको समिक्षा गरिएको हो ।
नगरप्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमका अवसरमा बिभिन्न शाखागत रुपमा कार्यप्रगतीको अवस्थाबारे जानकारी गराईएको थियो भने शाखागत प्रस्तुतीकरण पछि छलफल समेत गरिएको थियो ।
६ महिनाको अवधिमा समग्र नगरको बजेट कार्यान्वयनको अवस्था कुल बजेटको २७ प्रतिशत रहेको देखीएको छ । यस्तै राजश्व संकलनके अवस्थामा पनि सुधार भएको जानकारी गराईएको थियो ।
छलफलका क्रममा हालसम्म विकास बजेट न्यून खर्च भएको, कर्मचारीको ब्यवस्थापन प्रभावकारी हुनुपर्ने, योजना सम्झौता कार्य तत्काल गर्नुपर्ने र निर्दिष्ट कार्यक्रमलाई तत्काल अघि बढाउनुपर्ने विषयमा छलफल गरिएको छ ।
बितेको ६ महिनामा भएका राम्रा कार्यको अनुसरण गर्दै आर्थिक वर्षको आगामी ६ महिनालाई अझ प्रभावकारी बनाउन सबै जनप्रतिनिध र कर्मचारी सक्रिय हुनुपर्ने निष्कर्ष निकालिएको छ ।
समिक्षा कार्यक्रमको समापन गर्दै नगरप्रमुख पदमबहादुर बोहराले नगरलाई समृद्ध र सेवालाई प्रभावकारी बनाउन सबै कर्मचारीहरुले तोकिएको काम कार्यलाई प्रभावकारी बनाउनपर्ने बताउनुभयो ।
समग्र नगरको हितका लागि राम्रो काम गर्नेलाई पुरस्कार र तोकिएको जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई दण्डित गरिने बताउनुभयो ।
सदरमुकामको पालिका भएका कारणले पनि अन्य पालिकालाई सिकाई हुने खालका नमूना कार्य गर्न सबै कर्मचारी र जनप्रतिनिधि प्रयत्नशील हुनुपर्ने नगरप्रमुख बोहराको भनाई छ ।
समिक्षा कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बिभिन्न शाखाका प्रमुखहरुले शाखागत प्रस्तुतीकरण राख्नुभएको समिक्षा कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस