Techie IT

ओलीले पार्टीलाई निजी कम्पनी बनाउन खोजे : केन्द्रीय सदस्य स्वार


प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपा बान्निगढीको विरोध सभा जयगढमा सम्पन्न भएको छ ।

तरुण खड्का अध्यक्षतामा भएको विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज तथा राष्टीय सभा सदस्य तारामान स्वार रहनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रीय सदस्य स्वारले प्रधानमन्त्री कपी ओलीले प्रतिनिधि सभा विघटन गरी पार्टीलाई निजी कम्पनी बनाउन खोजको बताउनुभयो ।

उहाँले दुई पार्टी एकता गर्नु कसैलाई सरकारमा पु¥याउनको नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी अध्यक्ष तथा राष्टीय सभा सदस्य शेर बहादुर कुँवर रहनुभएको थियो ।

यस्तै अन्य अतिथिहरू पूर्व संविधान सभा सदस्य तथा प्रदेश कमिटी सदस्य भरत साउद, नेकपा प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य गोविन्द कुँवर, नेकपा प्रदेश सभा सदस्य तथा साँफेबगर नगरपालिकाका नगरप्रमुख कुल बहादुर कुँवर, प्रदेश कमिटी सदस्य तथा रामारोशन गाउँपालिकाका अध्यक्ष झँकर साउद, प्रदेश कमिटी सदस्य तथा रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावल, प्रदेश कमिटी सदस्य दीपक साउद, गोविन्द साउद, ईश्वरी थापा, शङ्कर भण्डारी, नेकपा जिल्ला कमिटी सचिव झपट साउद, जिल्ला कमिटी सचिवालय सदस्य लोक बहादुर साउद लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेकपा बान्निगढी जयगढ गाउँपालिकाका सदस्य मोहन ताम्राकारको स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नेकपा बान्निगढी जयगढ गाउँपालिकाका कमिटी सचिव जगत् थापाले गर्नुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस