बान्नीगढि समाचारको प्रभाव : साँफेमा मदिरा नियन्त्रण गर्न प्रहरी सक्रिय

जिल्ला प्रहरी कार्यालय अछाम मातहत प्रहरी चौकी साँफेबगर अवैध तथा घरेलु मदिरा नियन्त्रणमा सक्रिय बनेको छ ।
प्रहरी चौकी साँफेबगरले वडा नम्बर ३ र वडा नम्बर ९ मा अहिले निरन्तर गस्ती गर्दै टोल टोलमा मदिरानियन्त्रणका लागि पहल गरिरहेको छ ।
जस अन्तर्गत आज मात्रै वडा नम्बर ३ टोटाशालबाट तयारी घरेलु मदिरा १० लिटर र घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पास ५० लिटर बरामद गरी नष्ट गरेको छ ।
प्रहरी चौकी साँफेबगरका प्रहरी निरीक्षक लाल बहादुर बुढाऐरको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले चक्र कुँवरको घरमा तयार पार्दै गरेको अवस्थामा उक्त परिमाणको मदिरा बरामद गरी स्थानीयहरूको रोहभरमा नष्ट गरेको प्रहरी चौकी साँफेबगरले जानकारी दिएको छ ।
प्रहरी चौकी साँफेबगरले १ महिनाको अवधिमा २५० लिटर कच्चा पदार्थ पास र घरेलु मदिरा ५० लिटर बरामद गरी नष्ट गरेको जनाएको छ ।
साँफेबगरका विभिन्न वडामा अब्यावस्थित मदिराको सेवन तथा कारोबार बढेको भन्दै स्थानीयले गुनासो गरेसँगै रेडियो बान्निगढीले केही दिन पहिले मदिरा नियन्त्रणमा जनप्रतिनिधि सक्रिय भएनन्, प्रहरी गाउँमा मदिरा भेटाउँदैन शीर्षकमा एक रिपोर्ट प्रसारण गरेको थियो ।
उक्त रिपोर्ट प्रसारण पछि अहिले साँफेबगरका विभिन्न वडामा प्रहरीले गस्ती सुरु गरेको छ ।
जनप्रतिनिधि पनि मदिरा नियन्त्रणमा लागेको देखिन्छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस