ज्योति लाईफ अछाम शाखाद्धरा स्व.रावलको मृत्यु दाबी भुक्तानी

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्व. गोकर्ण रावलको मृत्यु दाबी भुक्तानी गरेको छ ।

ज्योति लाइफ ईन्सोरेन्स कम्पनी अछाम शाखाले बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ निवासी सेतु रावललाई १२ लाख २० हजार मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो ।

स्व रावलले मालिका विकास सङ्घ नेपालले कर्मचारी बिमा मार्फत प्रति ब्याक्ति १७ सय पिरमियम भर्ने गरेकोमा रावलको अरिङ्गालको टोकाई गत मङ्सिर १७ गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो ।

स्व. रावलको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी सेतु रावललाई १२ लाख २० हजार मृत्यु दाबी रकम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लाल बहादुर कामीको रोहबरमा हस्तान्तरण गरिएको ज्योतीलाईफ ईन्सोरेन्स कम्पनी मंगलसेन शाखाका प्रमुख गणेश बहादुर साउदले जानकारी दिनुभएको छ ।

बिमा कम्पनी बाट रकम पाएपछि आफूलाई छोराछोरीको पढाई तथा अन्य घर खर्चमा सहज हुने स्व. गोकर्ण रावलकी धर्मपत्नी सेतु रावलले बताउनुभएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker