Techie IT

अछाम जिल्ला कोरोना सङ्क्रमण मुक्त


अछामका १० ओटै स्थानीय तहहरू कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

जिल्लामा १६ सय ६८ जनाका कोरोना सङ्क्रमण भएकोमा १६ सय ६३ जना निको भएर घर फर्किएसँगै अछाम जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको हो ।

जिल्लाको कमल बजार नगरपालिकामा १ सय ३ जना, चौरपाटी गाउँपालिकामा ९६ जना ढकारी गाउँपालिकामा ३१ जान, तुर्माखाद गाउँपालिकामा ७२ जना, पञ्चदेवल विनायक नगरपालिकामा १ सय २ जनामा कोरोना सङ्क्रमण भएको थियो ।

यस्तै बान्नीगढी जयगढ गाउँपालिकामा १सय ८३ जना, मंगलसेन नगरपालिकामा ४ सय ५० जना मेल्लेख गाउँपालिकामा १सय ४७ जना, रामारोशन गाउँपालिकामा १ सय ८४ जना र साँफेबगर नगरपालिकामा ३ सय जना गरी जम्मा १६ सय ६८ जनामा सङ्क्रमण भएको थियो ।

जस मध्य सबै कोरोना सङ्क्रमित निको भएका छन् । जिल्लामा कोरोना सङ्क्रमणका कारणले ५ जनाको ज्यान गएको छ ।

अछाममा १३ हजार ३ सय २७ को नमुना सङ्कलन भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!