अछाममा सम्बन्ध विच्छेदका घटनामा बृद्धि

अछाममा पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको छ ।

जिल्लामा हिंसा पिडित महिलाहरू सचेत हुनुले सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको जिल्ला अदालत अछामले जनाएको छ । आर्थिक बर्ष २०७७÷०७८ को पछिल्लो साढे ६ महिनाको तथ्याङ्कमा अदालतमा सम्बन्ध बिच्छेदका ८ मुद्धा दर्ता भएका छन् ।

सम्बन्ध बिच्छेदका ८ मुद्धा मध्ये २ वटा फर्छोट भएका र ६ वटा बाँकी रहेको जिल्ला अदालत अछामका सुचना अधिकारी कमल प्रसाद ढुंगानाले रेडियो बान्निगढीलाई जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक बर्षमा जम्मा १० ओटा मात्रै उजुरी दर्ता भएकाले चालुआर्थिक बर्षको करिव ७ महिनाको अबधिमा सो संख्यामा उजुरी दर्ता हुनुले सम्बन्ध बिच्छेदका घटना बढ्ने अनुमान गर्न सकिने बताउनुभयो ।

उहाँले सम्बन्ध विच्छेदका घटना बृद्धि हुनुमा जिल्लामा बालबिबाह गर्नेको संख्या बढ्दै जानु र हिंसा भएका महिलाहरु हक अधिकारका बारेमा जागरुक हुदै जानु प्रमुख कारण भएको बताउनुभयो ।

महिला र पुरूष सचेत हुनुले पनि कसैबाट हिंसा हुने बितिक्कै अलग बस्ने चाहानाले पनि यो क्रम बढीरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार अदालतमा दर्ता भएका मुद्धाहरुको १ बर्षसम्म छलफलकै क्रममा हुनेभएकाले सकेसम्म मिलाउने गरि मुद्धाको फर्छोट गर्ने गरिएको छ ।

उहाँले कतिपय मुद्धा कानुनी हिसाबले पनि ढिलो हेर्नु पर्ने भएकोले चाँडो हेर्न नपाइने उल्लेख गर्नुभयो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker