गाज्रा र बर्दादेवीमा ४६.६९ प्रतिशत विवरण संकलन

बान्निगढी जगयढ गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ३ मा राष्ट्रिय परिचयपत्रको लागि नागरिकको विवरण दर्ता तथा विवरण सङ्कलन कार्य सम्पन्न भएको छ ।
नेपाली सरकारको निर्णय अनुसार देशका विभिन्न जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकको विवरण सङ्कलन गर्ने अभियान अन्तर्गत गत पुस १९ गतेबाट सुरु भएको राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता सङ्कलन कार्यको आज सम्पन्न भएको हो ।
यो अवधिमा २ ओटा वडाको संयुक्त शिविर मार्फत १८ सय ९० जनाको विवरण सङ्कलन गरिएको वडा नम्बर ३ का वडाध्यक्ष कुल बहादुर शेठ्टीले जानकारी दिनुभयो ।
वडा नम्बर १ गाज्रा र वडा नम्बर ३ बर्दादेवीमा जम्मा ३ हजार ९ सय ६३ जना मतदाता रहेकोमा १८ सय ९० जना अर्थात् ४६.६९ प्रतिशतको विवरण सङ्कलन भएको उहाँले बताउनुभयो ।
यसैबिच अछाममा २१ दिनको अवधिमा जिल्लाका विभिन्न स्थानमा सञ्चालित शिविरमार्फत साढे २० हजारको विवरण दर्ता भएको छ ।
आइतबार सम्म जिल्लामा २० हजार ५ सय ७१ जनाको विवरण दर्ता भएको हो ।
जिल्लाको मंगलसेन नगरपालिकामा ८ हजार ६ सय ३० जना, बान्नीगढी जयगढ गाउँपालिकामा ४ हजार ६ सय ३१ जना, कमलबजार नगरपालिकामा ३ हजार ८ सय ३० जनाको विवरण सङ्कलन भएको हो ।
यस्तै साँफेबगर नगरपालिकामा २ हजार ५ सय ९३ जना, रामारोशन गाउँपालिकामा ६ सय ६१ जना र पञ्चदेवल विनायक नगरपालिकामा २ सय २६ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।
क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस