कोरोना खोप अछाममा पनि पुग्यो,पहिलो चरणमा १८ सय भन्दा बढीलाई खोप लगाईने

देशैभर एकसाथ सुरु हुन लागेको कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाउन अभियान अछाम जिल्लामा पनि आज सुरु हुने भएको छ । जिल्ला अस्पताल मंगलसेनबाट खोप अभियान सुरु हुन लागेको हो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वहानका सवारी चालक, सुरक्षाकर्मीलगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले बताए ।
जस अन्र्तगत पहिलो दिन आज जिल्ला अस्पताल, बयालपाटा अस्पताल र मंगलसेन नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाएर अभियान सुरु गर्न लागिएको ढुंगानाले बताए ।
दोश्रो दिन बान्नीगढी जयगढ गाँउपालिका, ढकारी गाँउपालिका र कमलबजार नगरपालिका तथा तेश्रो दिन पञ्चदेवल बिनायक नगरपालिका, रामारोशन गाँउपालिका र मेल्लेख गाँउपालिकाका अनर्तगतका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ ।
यस्तै चौथो दिन तुर्माखाँद गाँउपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाँउपालिकाका स्वास्थ्यकर्मी र सरकारले प्राथमिक्तामा रोखका व्यक्तीहरुलाई खोप दिईने छ भने १८ गते छुटफुट रहेकाहरुलाई खोप दिईने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गरे अनुसार अछममा पनि सोही अनुसार खोप अभियान संचालन गरिने उनको भनाई छ । अछाम जिल्लामा पहिलो चरणमा १८ सय भन्दा बढीलाई खोप लगाईने छ ।
सुदुरपश्चिम प्रदेशका नौ जिल्लाका १० वटा खोप केन्द्रमा १६ हजार ३३८ व्यक्तिलाई खोप दिइने बताइएको छ । कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको छ भने बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कन्चनपुरका सदुरमुकाममा रहेका अस्पतालमा खोप केन्द्र तोकिएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए ।
खोप अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । खोप अभियानको उद्घाटन बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । sudoor aaja