अछाममा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

पहिलो खोप स्वास्थ्य कार्यालय प्रमुख ढुङ्गाना र अस्पताल नर्सिङ बुढामगरले लगाए

अछाममा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले जिल्ला अस्पताल अछाममा ब्यानर वाचन गर्दै जिल्ला अस्पताल अछामबाट सुरु गरिएको हो ।

अछाममा कोरोना भाइरस कोभिड १९ विरुद्धको पहिलो खोप जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गाना र जिल्ला अस्पताल नर्सिङ निरीक्षक गङ्गा बुढामगर लगाउनुभएको छ ।

बुधवार आज पहिलो दिन स्वास्थ्य कार्यालय कार्यालय,जिल्ला अस्पताल अछाम,बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी,मंगलसेननगरपालिकाका स्वास्थ्यकर्मी, तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रदान गरिँदै छ ।

यस्तै खोप लगाउँदा हुन सक्ने अवाञ्छित घटनाको व्यवस्थापनको लागि डा अतुल भारद्वाज, डा दिनेश गिरी, अस्पताल नर्सिङ निरीक्षक गङ्गा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसी सहितको टिम तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker