देविस्थानमा आगलागी : तिन घर जलेर नष्ट

साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानमा आगलागी हुँदा ३ घर जलेका छन् ।
वडाको धामि गाउँमा आगलागी हुँदा नवल सिह धामि, टंक धामि र दिपक धामिका घरमा आगो लाग्दा जलेर नष्ट भएका वडा अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिनुभयो ।
आगो के कति कारणले लागेको हो भन्नेबारेमा थाहा हुन सकेको छैन ।
आगलागि हुँदा लुगा कपडा, भाडाबर्तन लायागतका सामाग्री सहित करिव तिन लाख बराबरको क्षेती भएको छ । आगलागिबाट मानविय क्षेती भने भएको छैन ।