सार्वजनिक सुनुवाई कार्यक्रम कालिकामा सम्पन्न

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लाल कामीले वडाको बिकासका लागी नागरिकहरु पनि जागरुक बन्नुपर्नेमा जोड दिनु भएको छ ।
आर्थिक बर्ष २०७६।७७ को वडाको बार्षीक निति तथा कार्यक्रमको सर्वाजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष कामीले वडाको बिकासका लागी वडाबासी नागरिक पनि जागरुक बन्नुपर्नेमा जोड दिनु भएको हो ।
आर्थिक बर्ष २०७६÷७७ मा वडामा ४८ लाख ७१ हजार ३ सय २३ रुपैया बरावरको बार्षिक निति तथा कार्यक्रमबारे गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम वडा अध्यक्ष लाल कामीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष कामीले वडाको सर्वांगीण बिकासका लागी आफु र आफु नेतृत्वका वडाका जनप्रतिनिधि प्रयासरत रहेको बताउदै जनप्रतिनिधिको प्रयासबाट मात्र सवै कुरा सम्भव नहुने बताउदै यसका लागी वडावासी नागरिकहरु पनि अग्रसर रहनु पर्नेमा जोड दिनुभयो ।
वडामा संचालीत हरेका बिकास निर्माणका क्रियाकलापलाई पारदर्शी तथा प्रभावकारी रुपले संचलन गर्नका लागी प्रत्येक नागरिक बिकास निर्माणका कार्यप्रति सजग र जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा सहभागीले वडामा संचालीत बिकास निर्माणका क्रियाकलापको रकम भुक्तानीका क्रममा गाउँपालिकाले बिभेद गर्ने गरेको बताएका छन ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्थानीय दलित अगुवा तर्क टमट्टाले लक्षीत बर्ग अन्तर्गत ८० हजारको बजेटमा पञ्चेवाजा खरीद योजनाको बिल भुक्तानीमा आफुहरुलाई बिभेद गर्दै योजनाको भुक्तानी नदिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य नरेन्द्र साउँद,नेपाली कांग्रेसका पालिका सचिव सुरत रावल लगायतका अथिति रहनु भएको थियो ।
वडा सचिव दिपेन्द्र साउँदले संचालन गर्नु भएको कार्यक्रमको सहजीकरण धनराज साउँदले गर्नु भएको थियो ।