कांग्रेस अछामका उपसभापति ढुङ्गानाद्धारा पदबाट राजीनामा

नेपाली कांग्रेस अछामका उपसभापति चन्द्र प्रसाद ढुङ्गानाले राजीनामा दिएका छन् ।
बिहीबार बसेको जिल्ला कार्य समितिको बैठकमा उपसभापति ढुङ्गानाले राजीनामा दिएका हुन् । उक्त बैठकमा सहभागी भएका एक नेताका अनुसार ढुङ्गानाले बैठकमा राजीनामा पत्र समेत पढेर सुनाएका थिए ।
ढुङ्गाना निकट स्रोतले पनि उनले राजीनामा दिएको स्वीकार गरेको छ । स्रोतले भन्यो, ‘माघ १६ गतेको मिति राखेर उपसभापति ढुङ्गानाले राजीनामा दिनुभएको छ । त्यसबारेमा उहाँले माघ १८ गते पत्रकार सम्मेलनमार्फत सबै कुरा बताउनुहुन्छ ।’
ढुङ्गानाले यस विषयमा प्रतिक्रिया दिन मानेनन् । तर, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समसामयिक समाजिक, राजनैतिक बिषयमा मेरो आफ्नो धारणा प्रष्ट पार्न अछाम बहुमुखी क्याम्पस मंगलसेन अछामको सभाहलमा मिति २०७७ मा १८ गते आइतबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको छु । यसै सुचनालाई आधार मानी मलाई माया सद्भाव राख्नुहुने पत्रकार, राजनीतिकर्मी र शुभेच्छुक सम्पूर्णमा उपस्थितिका लागि सादर अनुरोध गर्दछु ।’
कांग्रेस अछाममा सभापति भरत स्वाँर उपसभापति ढुङ्गानाले राजीनामा दिएको पुष्टि गरे । उनले भने, ‘उपसभापति ढुङ्गानाले राजीनामा दिनुभएको छ । फिर्ता गर्ने, केही सोच विचार गर्नुहुन्छ कि भनेर चार–पाँच दिनको समय दिन्छौं । त्यतिबेलासम्म फिर्ता नलिए राजीनामा स्वीकृत गर्छौ ।’
यस अघि पनि उहाँले पदबाट राजिनामा दिनुभएको थियो । तर पार्टीले कुनै सुनुवाई गरेको थिएन।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस