अछाममा तिन दिनको अबधिमा ७ सय ९ जनाले कोरोना खोप लगाए

अछाममा तिन दिनको अबधिमा ७ सय ९ जनाले कोरोना भाईरस कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।
पहिलो दिन जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, बयालपाटा अस्पताल र मंगलसेन नगरपालिका अन्र्तगतका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर २ सय ३६ जनालाई खोप लगाईएको थियो ।
जसमा ९९ जना स्वास्थ्यकर्मी मात्र रहेको र अन्य १ सय ३७ जना स्वास्थ्यसंग सम्बन्धीत अन्य कर्मचारी रहेका प्रमुख ढुंगानाले जानकारी दिनुभयो । सफाईसंग सम्बन्धीत ५६ जना, महिला स्वास्थ्य स्वयमसेविका ७५ जना, एम्बुलेन्स डाईभर ३ जना र १ जना सुरक्षाकर्मीले पहिलो दिन खोप लगाए थिए ।
यस्तै दोस्रो दिन स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर २ सय जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
दोस्रो दिन ५६ जना पुरुष र १ सय ४४ जना महिला गरी २ जनालाई कोभिड १९ बिरुद्धको खोप लगाईएको थियो ।
जसमा ६६ जना स्वास्थ्यकर्मी, १ सय १० जना महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य संग सम्बन्धीत कर्मचारी २१ जना, सफाई कर्मचारी २ जना र १ जना एम्बुलेन्स चालक रहेका थिए ।
आज तेस्रो दिन पनि स्वास्थ्यकर्मीहरु र अन्य यससंग सम्बन्धी व्यक्तीहरुलाई खोप लगाईएको छ । अछाम जिल्लामा स्वास्थ्यकर्मी, सफाई कर्मचारी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकाहरू गरेर २ सय ७३ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताउनुभयो ।
उहाँका अनुसार ५८ जना पुरुष र २ सय १५ जना महिला गरी २ सय ७३ जनाले कोभिड १९ बिरुद्धको खोप लगाएका छन ।
जसमा ८२ जना स्वास्थ्यकर्मी, १ सय ५९ जना महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य संग सम्बन्धीत कर्मचारी २६ जना, सफाई कर्मचारी ५ जना र १ जना एम्बुलेन्स चालक रहेका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस