नेकपा बान्निगढी संगठन कमिटीको विस्तारित बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बान्निगढी जयगढ गाउँपालिकाको विस्तारित बैठक जयगढमा सम्पन्न भएको छ ।
आज शुक्रवार गाउँपालिका संगठन कमिटीको आयोजनामा जयगढ स्थित थ्रपुकाटीयामा विस्तारित बैठक तथा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
नेकपाका वरिष्ठ नेता तथा जिल्ला कमिटी सदस्य दान बहादुर खड्का अध्यक्षतामा भएको बैठकले नयाँ कमिटी विस्तार गरेको छ ।
पूर्व कमिटीका अध्यक्ष र सचिवलाई कारबाही गर्दै नयाँ विस्तारित कमिटीमा अध्यक्ष राम बहादुर साउद र सचिवमा जनक ठकुल्लालाई चयन गरिएको छ ।
आजको विस्तारित बैठकले १ सय २५ जनाको नयाँ कमिटी पनि बनाइएको बताइएको छ । बैठकमा प्रधानमन्त्रीको कदम प्रतिगमन नभएर अग्रगमन भएको बताउँदै अव हुने चुनावमा सम्पूर्ण नेता तथा कार्यक्रताहरुलाई एकबद्ध भएर चुनावमा लाग्ने निर्णय गरिएको छ ।
विस्तारित बैठकमा प्रमुख अतिथि पूर्व जिविस सभापती तथा नेकपा केन्द्रीय सदस्य कृष्ण प्रसाद जैसी रहनुभएको थियो ।
यस्तै बिशिष्ठ अतिथि पूर्व जिल्ला कमिटी अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य कमल तिमील्सैना र नेकपा जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा रहनुभएको थियो ।
अन्य अतिथिहरू नेकपा प्रदेश कमिटी सदस्य नवराज साउद, जिल्ला कमिटी सदस्य दान बहादुर साउद, कृष्ण कडायत, धर्मराज उपाध्याय, लाल बहादुर ठकुल्ला, अनेरास्ववियु केन्द्रीय सदस्य तारा पाण्डे, युवासंघ प्रदेश कमिटी सदस्य गणेश साउद लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहको थियो ।
कार्यक्रमको सञ्चालन जनक ठकुल्लाले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस