ओलीको कदमले शहीदहरुको अपमान भयो : नेकपा नेता भण्डारी

देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरूको सम्मानमा आज शहीद दिवस अछाममा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सम्झनामा आज अछाम जिल्लाका विभिन्न स्थानीय तह तथा विद्यालयले पनि विभिन्न कार्यक्रम गरेका छन् । जिल्लाको मेल्लेख गाउँपालिकाले सहिदहरूको फोटामा माल्यार्पण गरी मनाएको छ ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खड्का, विषयगत शाखा प्रमुख वीर बहादुर बोहरा लगायतका कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शाखा प्रमुख वीरेन्द्र खड्काले गर्नुभएको थियो ।

यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ५ मा रहेका जनता माध्यमिक विद्यालयले पनि सहिद दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता र बक्त्तीत्तवकला प्रतियोगिताको आयोजना गरेको थियो । विद्यालयका प्रधानाध्यापक निर्प बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका शाखा प्रमुख वीरेन्द्र बोहरा रहनुभएको थियो ।

उता अछाम बहुमुखी क्याम्पसले पनि विचार गोष्ठीको आयोजना गरेको थियो ।

यसैबिच रामारोशन गाउँपालिकाका पनि विभिन्न वडाहरूमा विभिन्न कार्यक्रममाको आयोजना गरी सहिदहरूको सम्झना गरिएको छ ।

यसैबिच नेपाल कम्युनिस्ट पाटी नेकपाका केन्द्रीय सदस्य तथा नेकपाका अछाम जिल्ला सह इन्चार्ज शरद सिंह भण्डारीले सपुतको बलिदानी कै कारण नेपालमा भएका सबै खाले आन्दोलन सफल भएको बताउनु भएको छ ।

रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै उहाँले स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र पुनर्स्थापना आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदको योगदान सधैँ स्मरणीय र अतुलनीय रहने बताउनुभयो ।

सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र सहिदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने उहाँको विश्वास छ ।

उहाँले प्रधानमन्त्रीले अहिले चालेको कदमले सहिदको अपमान भएको बताउनुभयो ।
कुाकानी : भण्डारी

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker