Techie IT

जयगढ बचत तथा ऋण सहकारी संस्थाको ७ औँ साधारण सभा सम्पन्न


जयगढ बचत तथा ऋण सहकारी संस्थाको ७ औँ साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रतन साउदको अध्यक्षतामा सम्पन्न साधारण सभामा आर्थिक वर्ष ०७६÷७७ को आर्थिक प्रतिवेदन र ०७७÷७८ को कार्य योजना समेत प्रस्तुत गरिएको थियो ।

जयगढ बचत तथा क्रण सहकारी संस्थाका अध्यक्ष रतन साउदले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका सदस्य विजय खत्रीले प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक ०७६÷७७ मा ४ लाख ६८ हजार ७ सय ७९ रहेकोमा ०७६÷७७ मा ६ लाख ९३ हजार १ सय ३१ रहेको छ । साधारण सभामा प्रमुख अतिथि बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कुल बहादुर शेट्ठी रहनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले जिल्लामा आर्थिक समृद्धिका लागि ठुलो टेवा फु¥याएको उहाँको भनाइ थियो ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रतन बहादुर साउदले छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो ।

सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको पनि बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवर र पूर्व बजार व्यवस्थापन समितिका अध्यक्ष रतिमान सिंह साउद र जयगढ स्वास्थ्य चौकीका इन्चार्ज दीपक राज पाण्डे रहनुभएको थियो । साधारण सभा माफृत कर्मचारीको पारिस्रमीक बढाउने लगायतका निर्णय पनि गरिएको छ ।

अन्य अथितहिरु जयगढ सहकारी संस्थाका उपाध्यक्ष मोती बहादुर धामी, सहकारीका सचिव गोकुल साउद हर्क बहादुर शाही, विजय खत्री, जयगढ प्रहरी चौकीका इन्चार्ज रमेशराज भट्ट र पत्रकार लगायतको सहभागिता रहेको थियो ।

जयगढ बचत तथा क्रण सहकारी संस्थाका उपाध्यक्ष मोती बहादुर धामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सागर साउदले गर्नुभएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस