Techie IT

अछाममा ११ सय ७७ जनाले कोरोना खोप लगाए


अछाममा पहिलो चरणको कोभिड १९ बिरुद्धको खोप अभियान कार्यक्रम सकिएको छ ।

५ दिन सम्म चलेको खोप अभियानमा जिल्लाका ११ सय ७७ जना लक्षित समुहले कोरोना भाईरस कोभिड १९ बिरुद्धको खोप लगाएका छन् ।

आज अन्तिम दिन २ सय ३८ जनाले कोरोना बिरुद्धको खोप लागाएका छन । आज स्वास्थ्यकर्मी ७८ जना अन्य सहयोगी कर्मचारी ४६ जना, महिला स्वास्थयसंयमसेविका ४५ जना, सरसफाइकर्मी ३ एम्बुलेन्स चालक १ जानले खोप लगाएका छन् ।

सब व्यवस्थापन खटिने सुरक्षाकर्मी ४८ जना गरी २ सय ३९ जनाले कोरोनाको खोप लगाएका हुन् । जसमा १ सय ८ जना महिला र १ सय ३१ जना पुरुष रहेका छन् । आज पाँचौँ दिनसम्म अछाममा ११ सय ७७ जनाले कोरोनाको खोप लगाएका छन् ।

पहिलो दिन पहिलो दिन २ सय ३६ जनालाई खोप लगाइएको थियो । दोस्रो दिन २ सय जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

तेस्रो दिन २ सय ७३ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

चौथो दिन हिजो २ सय २९ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झापटराज ढुगाँनाले बताउनु भयो ।

आज पाँचौँ दिन २ सय ३९ जानले खोप लगाएसङै अछाममा जम्मा खोप लगाउनेको सङ्ख्या ११ सय ७७ पुगेको हो ।

पहिलो चरणको खोप जिल्ला अस्पताल मंगलसेनबाट मात्रै लगाएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस