Techie IT

६८ औँ विश्व कुष्ठरोग दिवस अछाममा पनि मनाइयो


६८ औँ विश्व कुष्ठरोग दिवस अछाममा पनि मनाइएको छ ।

कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले कुनतीबण्डाली स्वास्थ्य चौकीको आयाजेनामा मंगलसेन नगरपालिका वडा नम्बर १ मा अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको हो ।

“कोरोना महामारीमा हाम्रो संयतता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता“भन्ने मूल नारा सहित आज विभिन्न सरोकारवालहरुसंग अन्र्तक्रिया गरिएको हो ।

कुन्तीबण्डाली स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ वडाध्यक्ष गोपाल थापाको अध्यक्षतामा भएको अन्तर्क्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गाना प्रमुख अतिथि रहनुभएको थियो ।

अन्तर्क्रिरया कार्यक्रममा विशिष्ट अतिथि जिल्ला अस्पताल अछामका नर्शसिं निरीक्षक गङ्गा बुढामगर रहनुभएका थियो ।

अन्र्तक्रिया कार्यक्रममा कुष्ठरोगका बारेमा छलफल गर्दै कतिपय प्रभावित मानिसहरूले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा बिरामीको अवस्था नाजुक हुनेभएकोले यसबारेमा चिन्ता व्यक्त गर्दै सबै नागरिकलाई सचेतना पार्न आवश्यक भएको बताइएको छ ।

अन्र्तक्रिया कार्यक्रममा विभिन्न राजनितीकदलका प्रतिनिधि महिला स्वास्थ्य संयमसेविका, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य संस्थाको सम्पर्कमा आउने कुष्ठरोगहरू भन्दा सरकारले खोजी नगरेको र समुदायको डरले उपचार गर्न स्वास्थ्य संस्था नजाने रोगीको सङ्ख्या झन् धेरै हुने अनुमान गर्न सकिन्छ ।

कार्यक्रममा सहभागीले लुकेर बसेका रोगीहरुको लागि सरकारले अहिलेसम्म ठोस कदम चाल्न नसकेको बताएका थिए ।

स्वास्थ्यकर्मीलाई तालिम दिएर टोल, समुदाय र घरघरमा गएर शरीरमा कुष्ठरोगसम्बन्धी कुनै लक्षण भएका दाग छन् कि भनेर सोध्ने, जाँच्ने र भएको खण्डमा स्वास्थ्य संस्थामा पठाउने काम गर्न आवश्यक देखिन्छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस