क्यान्सर पीडित बयकको उपचारका लागि आर्थिक सहयोग जुट्दै

विश्व ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद रिमालले क्यान्सर पीडित रमेश बयकको उपचारका लागि ५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।
विगत लामो समय देखी क्यान्सर रोगले ग्रसित बयकको उपचारमा सहयोग होस भन्ने उद्देश्यले प्रधानाध्यापक रिमालले पत्रकार धर्मेन्द्र बिसीलाई ५ हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।
यस अघि पनि उनको उपचारमा ३२ हजार ९ सय ९३ आर्थिक रकम सङ्कलन भएको छ ।
ढकारी गाउँपालिका वडा नम्बर २ निवासी २७ वर्षीय क्यान्सर पीडित वयकको हाल भारतको हैदराबादमा रहेको एआइजी अस्पतालमा उपचार जारी छ ।
आर्थिक अभावले उपचारमा समस्या भएकाले उनको उपचारको लागि त्रिवेणि युवा क्लबले रमेश बयक बचाउन अभियान पनि सञ्चालन गरेको छ ।
युवा क्लबका अध्यक्ष भिमेश रिमालले आर्थिक सहयोग गरी उनको जीवन रक्षा गर्न अपिल गर्नुभएको छ ।