Techie IT

अछाम सहित सुदूर पहाडमा हिमपातसहित वर्षा (फोटो फिचर)


अछाम लगायत सुदूर पहाडमा हिमपातसहित वर्षा भएको छ ।

अछामको रामारोशन, छातासैन, कालेकाँडा, बर्जु, देविस्तान, मालिका, आफरतोला, ठुलासेन, पातल बान्नि लगायतका विभिन्न उच्चलेकाली भेगमा हिजो बिहिबार रातिदेखी नै ठुलो वर्षा सहित हिमपात भैरहेको छ । बषा भएसंगै जनजिवन पनि प्रभावित भएको छ ।

जाडोले स्थानियहरु घरभित्रै बसेका छन् । बिशेषगरी हिमालि जिल्लाबाट अछामका बिभिन्न ठाउँमा आएर बसेका गोठालाहरुलाइ समस्या भएको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशका बैतडी, बझाङ, डडेल्धुरा लगायतका जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा गएराति वर्षासहित हिमपात भएको हो ।

बैतडीको श्रीभावर, ढोल्यामोड, खोड्पे, अनारखोली, बझाङको बित्थड र डडेल्धुरामा वर्षासँगै हिमपात भएको हो भने बाजुराका उच्च हिमाली भेगमा समेत हिमपात भएको छ ।

हिमपातपछि बढेको चिसोले पहाडी जिल्लामा चिसो बढेपछि जनजीवन केही प्रभावित भएको छ । तर किसानहरु भने हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!