Techie IT

क्यान्सर पीडित बुढाको स्वास्थ्य अवस्था सुधारोन्मुख


क्यान्सर पीडित मनसरा बुढाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

अछामको अछामको ढकारी गाउँपालिका वडा नम्बर ६ की बुढाको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ ।

विगत लामो समय देखि क्यान्सर रोगले ग्रसित बुढाको खुट्टाको अप्रेसन सफल भएको छ । आर्थिक अभावका कारण क्यान्सरले ग्रसित भएपछि मन्सरा बुढा बचाउ अभियान सञ्चालन भएको थियो । अभियन्ता देवेन्द्र बुढा, दिनेश कुमार बिक लगायतका व्यक्तिहरूको पहलमा ७ लाख जम्मा भएको थियो ।

बुढाको उपचारमा अहिलेसम्म ११ लाख भन्दा बढी रकम खर्च भएको छ ।

डक्टरका अनुसार क्यान्सर पीडित बुढाको उपचारमा २÷३ लाख आवश्यक पर्ने छ । उनको उपचारमा सहयोग गर्न चाहनेले क्यान्सर पीडित मन्सरा कुमारी बुढाको वाणिज्य बैङ्कमा रहेको खाता न १३१०१०००५९२७४०१० मा सहयोग गर्न सकिने छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!