भागरथीको न्यायका लागि अछाममा विद्यार्थीले निकाले र्याली

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायका लागि मङ्गलवार आज अछाममा विद्यार्थीले र्याली निकालेका छन् ।
सदरमुकाम मंगलसेन सहित विभिन्न स्थानमा विद्यार्थी तथा स्थानीयले पीडित पक्षलाई न्याय दिलाउने उद्देश्यले शान्तिपूर्ण र्याली प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले बलात्कारपछि भागरथीको निर्मम हत्या भएको भन्दै तत्काल घटनाको छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
अछामको सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पस हुँदै विभिन्न सडकमा भएको प्रदर्शनमा सामाजिक अभियन्ताले तथा विद्यार्थीले शान्ति सुरक्षा कायम गर, हत्यारालाई फाँसी दे, संविधानमा टाँसी दे’ जस्ता नारा लगाएका थिए ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- २ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ३ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ४ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ५ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ६ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ७ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
- ८ बान्नीगढीमा सरसफाइ, युवा सञ्जालले देखायो सक्रियता
प्रतिक्रिया दिनुहोस