क्षमता अभिवृद्धि सम्बन्धि ७ दिने तालिम मेल्लेखमा सम्पन्न

बृहत् पोषण विशेष कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यकर्ताहरूका लागि क्षमता अभिवृद्धि सम्बन्धि ७ दिने तालिम मेल्लेख गाउँपालिकामा सम्पन्न भएको छ ।

मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडकाको अध्यक्षतामा भएको सम्पन्न तालिमका प्रमुख अतिथि जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गाना रहनु भएको थियो ।

तालिम बालबालिकाहरूको पोषणको क्षेत्रमा विशेष सुधार ल्याउने उद्देश्यका साथ तालिम आयोजना गरिएको थियो ।

तालिम समापन कार्यक्रम को सञ्चालन मेल्लेख स्वास्थ्य शाखा संयोजक वीर बहादुर ठकुल्लाले गरेका थियो ।

मेल्लेख गाउँपालिका स्वास्थ्य शाखा को आयोजनामा भएको तालिमको सहजीकरण सु आहारा अछाम बाजुरा संयोजक लोक बहादुर नेपाली,जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक राज ढुङ्गाना, झपट राज ढुङ्गाना, मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीर बहादुर ठकुल्ला, स्वास्थ्य शाखा मेल्लेख हेल्थ असिस्टेन्ट अनिता खडका, सङ्गीता नागर्जि, जयसरा साउद लगायतले गर्नु भएको थियो ।

तालिममा मेल्लेख गाउँपालिका अन्तर्गत का स्वास्थ्य संस्था बाट २९ जना स्वास्थ्यकर्मी हरुको सहभागिता रहेको थियो ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker