छाउगोठ भत्काउने दोस्रो चरणको अभियान प्रभावकारी

अछाममा छाउगोठ भत्काउने दोस्रो चरणको अभियान प्रभावकारी बन्दै गएको छ । पहिलो चरणमा भत्काइएका छाउगोठ स्थानीयले पुनःबनाएर गोठमै बस्न थालेपछि जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा मंसिर ४ गतेबाट जिल्लामा सुरु भएको अभियानमा अहिले स्थानीयहरू पनि सकारात्मक बनेका छन् ।
अभियानको दोस्रो चरणमा अहिलेसम्म ७७४ वटा छाउगोठ भत्काइएका छन् । छाउगोठमा बसेर किशोरी तथा महिलाहरूको जीवन नै खतरामा पर्न थालेपछि प्रहरी र स्थानीय सरकारको अगुवाइमा छाउगोठ भत्काउने अभियान सुरु गरिएका बान्निगढी जयगढ गाउँपालिका–३ का वडाध्यक्ष कुलबहादुर शेट्ठीले जानकारी दिनुभयो ।
जिल्लामा अन्य सरकारी तथा गैरसरकारी निकायहरूले पनि अहिले महिला तथा किशोरीहरूलाई मर्यादित महिनावारीका बारेमा जानकारी गराउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक गंगादत्त बढुकाअनुसार दोस्रो चरणको छाउगोठ भत्काउने अभियान सञ्चालन गर्दा एउटा घरमा दुई वटासम्म छाउगोठ बनाएको पाइएका थिए ।
अहिले प्रहरीको गस्ती टोली गाउँगाउँमा गएर छाउगोठ भत्काउने काम गरिरहेको छ । छाउगोठमा बस्नु वा बस्न बाध्य पार्नुलाई कानुनले अपराध मानेको छ । यदि कोही छाउगोठमा बसे वा बस्न जर्वजस्ती पारे तीन महिनासम्म जेल, तीन हजार रुपैंया जरिवाना वा दुवै हुन सक्ने व्यवस्था कानुनमा छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस