बाटोमा हिड्दै गरेकालाई बिभिन्न पद बाड्दा असल कार्यकर्तामाथि अन्याय भयो : नगर प्रमुख कुँवर

साँफेबगर नगरपालिकाका नगर प्रमुख तथा नेकपा प्रदेश कमिटी सदस्य कुल बहादुर कुँवरले प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमबारे पत्रकारले पनि कलम चलाउनु पर्ने बताउनु भएको छ ।

पत्रकार महासंघ अछामको ७ औँ साधारण सभामा बोल्दै उहाँले देशमा अस्थिरता कायम गर्न तथा जनताको चाहाना बिपरित प्रधानमन्त्री ओलीले चालेको कदमबारे पत्रकारले कलम चलाई आम नागरिकलाई सुसुचित गर्नुपर्ने बताउनु भएको हो ।

हालको यो अवस्थामा पत्रकारले कुनै पनि गुट उपगटको पक्षमा नबोली बास्तबिकता र सत्यताका पक्षमा बोल्न र कलम चलाउन आवश्यक भएको नगर प्रमुख तथा प्रदेश कमिटी सदस्य कुँवरको भनाई छ ।

देशलाइ अस्थिरता तर्फ धकेल्ने गरि चालिएको कदमसंगै बाटोमा हिन्दा हिन्दै प्रदेश कमिटि सदस्य र केन्द्रिय सदस्य मनोनित गर्ने परिपाटीका कारण पार्टिका असल कार्यकर्ताको अपमान भएको उहाले बताउनुभयो ।

यस्तै जिल्लाको बिकास र सुशासनका लागी तथा जनप्रतिनिधिले गरिरहेका कार्यहरुको खवरदारिका लागी पनि पत्रकारले सक्रिय भुमिका खेल्नुपर्ने नगर प्रमुख कुँवरले बताउनु भएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker