अछाममा करेन्ट लाग्दा १ जनाको ज्यान गयो

अछाममा माछा मार्नेक्रममा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ दर्वाका २५ बर्षीय खेमराज बुढाको स्थानीय काशी खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गएको हो ।
काशी खोलामा माछा मार्नका लागि बिजुलीको तार बिछ्याएका सोही ठाउँका धिरेन्द्र शाहलाई अछाम प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक गङ्गादत्त बढुले जानकारी दिनुभयो ।