२६ औँ जनयुद्ध दिवश रामारोशनमा यसरी मनाईयो (भिडियो सहित)

जनयुद्धको २६ औँ बर्षगाठको अवसरमा रामारोशनको मुजाबगरमा जनयुद्ध तथा जनआन्दोलनका सहिद परिवार, घाइते तथा अपाङ्ग, बेपत्ता, जेलबन्दिहरुको सम्मान सहित बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
रामारोशन गाउँपालिकाको सहयोग तथा जन सास्कृतिक महासङ्घ जिल्ला कार्य समिति अछामको आयोजनामा भएको कार्यक्रममा ५० जना सहिदका परिवारलाई सम्मान गरिएको हो ।टेक बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्यनुिष्ट पार्टी नेकपाका प्रदेश कमिटी सदस्य तथा रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल रहनु भएको थियो ।

प्रमुख अतिथि रावलले शहीदका सपना पूरा गर्न आफ्नो सघर्ष निरन्तर जारी रहने बताउनु भयो । युद्ध कालमा हरेकले सघर्ष गरेकाले अझै उपलब्धि संस्थागत गर्न सघर्ष गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय रबिन्द्र साउद, नेपाली काग्रेसका पूर्ण विक, प्रेस संगठन केन्द्रीय सदस्य तथा नेकपा अछामका सदस्य राजेन्द्र कुवर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन चन्द्र भण्डारीले गर्नु भएको थियो ।
यसैबिच नेपाल कम्युनिष्ट नेकपाका प्रदेश कमिटी सदस्य गोविन्द साउद सुमनले जनताको अधिकार प्राप्तिको लागि युद्ध गरिएकाले अझै उपलब्धि हासिल गर्न नसकिएको बताउनु भएको छ ।रामारोशन क्षेत्रमा थुप्रै जनता सहिद भएकाले सम्मान सरकारले दिन सक्नु पर्ने बताउनु भयो ।
नेपाल कम्युनिष्ट नेकपा रामारोशन ५ नम्बर वडा कमिटीले २६ औँ जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि साउदले रामारोशन क्षेत्रका नेता देखि जनताले परिवर्तनका लागि त्याग तपस्या गरेकाले संविधान कुल्चिने अधिकार कसैले पनि नभएको बताउनु भयो ।
वडा कमिटी अध्यक्ष उदय बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट नेकपा जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण परियार, जिल्ला कमिटी सदस्य तथा प्रेस संगठनका केन्द्रीय सदस्य राजेन्द्र कुवरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य सुशील साउद, जिल्ला सदस्य चक्र बहादुर रोकाया, गाउँपालिका संगठन कमिटी अध्यक्ष कम्मान सिह साउद लगाएतका अतिथि रहनु भएको थियो । रमेश परियारको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कमल साउदले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस