१५ शैयाको अस्पताल भालुमारेमा निर्माण गर्न स्थानिय अग्रसर

बान्नीगढि जयगढ गाउँपालिकामा निर्माण हुने १५ शैयाको अस्पताल भालुमारेमा निर्माण गर्न स्थानीय अग्रसर भएका छन् ।
गाउँपालिकाको वडा नम्वर ५ कालिकाको भालुमारेमा निर्माण गर्ने तयारी गरिएको अस्पताल निर्माणका लागी स्थानिय अग्रसर भएका हुन् ।
यसै बिच बिहिवार अस्पताल निर्माणका लागी भालुमारेमा निशुल्क उपलव्ध गराईएको प्रस्तावित अस्पताल जग्गामा बाटो निर्माण कार्य आरम्भ गरिएको छ ।
अस्पताल निर्माणका लागी दान दिईएको जग्गामा मुल बाटो देखी निर्माण स्थल सम्मको बाटो निर्माण गरिएको हो ।
बान्नीगढि जयगढ गाउँपालिकाको गाउ सभा र गाउँ कार्यपालिका बैठकले १५ शैयाको अस्पताल वडा नम्वर ५ कालिकाको भालुमारेमा निर्माण गर्ने निर्णय यस अघि नै पारित गरिसकेको थियो ।
गाउँ कार्यपालिकाको बैठकको निर्णय र गाउँ सभाबाट पारित निर्णय अनुरुप स्थानिय भालुमारेमा अस्पताल निर्माण गर्न सहयोगका लागी अग्रसर देखिएका छन् ।
बिहिवार कालिकाका वडा अध्यक्ष लाल कामी र दर्नाका वडा अध्यक्ष कृष्ण बहादुर कडायत लगायत स्थानीय अगुवाको उपस्थितिमा अस्पताल निर्माणका लागी सडक निर्माण गरिएको हो ।
अस्पताल निर्माणका लागी कालिकाका स्थानीयले १३ रोपनी जग्गा निशुल्क उपलव्ध गराउने प्रतिवद्दता सहित आवश्यक प्रकृया यस अघि नै अगाडी बढाईसकेका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस