आयोडिन नुनबारे सचेतना कार्यक्रम चौरपाटीमा सम्पन्न

आयोडिन नुनबारे सचेतना कार्यक्रम चौरपाटी गाउँपालिकामा सम्पन्न भएको छ ।
आयोडिन नुनको कमिले शरिरमा हानी र आयोडिन नुनको प्रयोगले हुने फाईदावारे सचेतना कार्यक्रम चौरपाटी गाउँपालिकाको सिउडि माद्यामिक बिद्यालयमा सम्पन्न भएको हो ।
फेव्रुअरी महिनालाई आयोडिनको कमिले हुने बिकृतिहरु सम्वन्धि जनचेतनम जगाउने महिनाका रुपमा मनाउने अभियान अन्तर्गत चौरपाटी गाउँपालिकाको आयोजना र साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड धनगढि कैलालीको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो ।
चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो । भने राष्ट्रिय योजना आयोगका पुर्व सदस्य बिजय कुँवर बिशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कुँवरले बिभिन्न रोगहरुबाट बच्न अनिवार्य रुपमा आयोडिन नुनको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । आयोडिनको अनिवार्य प्रयोगका लागी नागरिकहरुलाई जानकारी दिन सचेतना कार्यक्रम आयोजना गरिएको गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि कुँवरले यस्तै अन्य कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।
यस क्षेत्रको आर्थिक,राजनितिक र सामाजिक बिकासका लागी स्थानीय तह र आफुहरु बिच आवश्यक समन्वयमा बिभिन्न क्रियाकलाप संचालन भईरहेको उहाको भनाई छ ।
चौरपाटी गाउँपालिकाले स्थानीय उत्पादन कोदो ,भट्मास लगायतलाई बजारीकरण गरि जनताको उत्पादनलाई उचित मुल्य दिने लगायतका काम गररहेकोमा गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिको कुँवरले खुलेर प्रशंसा गर्नुभयो ।
गाउँठाउमा उत्पादन हुने अन्नका परिकार र अन्य उत्पादनको प्रयोग गर्नुपर्नेमा समेत राष्ट्रिय सभा सदस्य कुँवरले जोड दिनु भएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी अछामका सचिवालय सदस्य तथा चरपाटी गाउ कमिटि ईन्चार्ज राम बहादुर थापा, नेपाली काँग्रेस गाउ कार्य समिति सभापति गणेश बहादुर शाह लगायतका अतिथि रहनु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष माया कुँवरले स्वागत गर्नुभएको कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस