सार्वजनिक सुनुवाइमा नागरिकका गुनासा : ‘लक्षित वर्गमा पुग्दैनन् योजना’

‘वडाध्यक्षज्यू, विकास निर्माणका योजना लक्षित वर्गमा किन पुग्दैनन्’ अझै पनि विकास निर्माणका योजनामा भेदभाव किन गर्नुहुन्छ’ । अछामको बान्निगढी जयगढ गाउँपालिका–३ का सुन्दर ठकुल्लाले वडाध्यक्ष कुलबहादुर शेटेठीलाई भन्नुभयो, ‘विकास निर्माणका योजनाहरू लक्षित वर्गमा तपाईँले अझै पु¥याउनुभएको छैन । वडा कार्यालय वरिपरिको ठाउँको मात्रै विकास भएको छ । हुनुपर्ने ठाउँमा कत्ति पनि विकास भएको छैन, पुराना योजनाहरू पनि अलपत्रै छन । तपाईंलाई पटक–पटक भनिसक्यौँ, अहिलेसम्म कुनै सुनुवाइ भएन ।’
वडा कार्यालय केन्द्र जयगढमा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी हुन आउनुभएका रामबहादुर साउँदले आफूहरूले साउद बाडा टोलमा खानेपानीको ट्याङ्कीको स्टिमेट तयार पारेर वडा कार्यालयमा सिफारिस गर्दा पनि वडा दुई आर्थिक वर्षसम्म पनि बजेट विनियोजन नभएको गुनासो राख्नुभयो । लक्षित वर्गका शीर्षकमा छुट्याएको बजेट अझै खर्च हुन सकेको छैन । ‘अब गाउँका ठूलाठालुहरूका टोलमा मात्रै योजना नदिनुहोस्, सबै समुदाय, लक्षित वर्गसम्मै विकास निमार्णका योजना पुग्न प¥यो, यो सबैले बुझिदिनु¥यो ।
सार्वजनिक सुनुवाइमा सहभागीले राखेका गुनासा सुनिसकेपछि बान्निगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोकबहादुर साउद, वडाध्यक्ष कुलबहादुर शेटेठीसहितका सरोकारवालाहरूले आगामी दिनमा योजना छनोट गर्दा सबै समुदाय र नागरिकको मागअनुसार नै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस