अछाममा ८१ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए

अछाममा कोरोना भाइरस ( कोभिड १९ ) विरुद्धको पहिलो चरणको दोस्रो प्राथमिकता रहेका नागरिकहरूका लागी खोप लगाउने समयाअबधि लम्ब्याइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ७ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्धको खोप लगाउने दिन थप गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
जिल्ला अस्पताल अछाममा भोली पनि खोप लगाइने र भ्याक्सिनको उपलब्धता र खोप लगाउन आउनेको सङ्ख्या हेरी थप निर्णय गरिने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
पहिलो चरणको दोस्रो प्राथमिकता रहेका नागरिकहरूका लागी खोप कार्यक्रम अन्तर्गत आज ३ सय २८ जनाले खोप लगाएका छन् ।
अहिलेसम्म १७ सय २३ जनाले अर्थात् ८१ प्रतिशतले खोप लगाएका छन् ।