Techie IT

अछाममा प्रयोगशाला (ल्याब) को उद्वघाटन


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाममा प्रयोगशाला (ल्याब) सेवाको उद्वघाटन भएको छ ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि ल्याव सेवाकाो संचालन गरिएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको उद्वघाटन कार्यक्रममा प्रमुख अतिथि मंगलसेना नगरपालिका प्रमुख पदम बोहोरा रहनुभएको थियो ।

बिशिस्ट अतिथि प्रहरी नायव उपरिक्षक तुल्सिराम अर्याल, स्वास्थ्य निर्देशनालयमा कार्यरत तथ्यांक अधिकृत मोहनदेव भट्ट रहनुभएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका प्रमुख गजेन्द्र कुशुवाहाले कार्यालयमा पहिले पनी थुपै्र सेवाहरु संचालनमा रहेका र अहिले पनि ल्याव सेवाको संचालनले सेवाग्रहीको उपचारमाा सहजता पुग्ने बिश्वास लिनुभएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस