अछाममा बेपत्ता बालकको शव फेला

आइतबार देखि बेपत्ता भएका अछामको साँफेबगर नगरपालिकाका वडा नम्बर १० का ४ वर्षीय बालक विवेक भाटको शव फेला परेको छ ।
घरबाहिर आँगनमा खेल्न निस्केका स्थानीय मिलन भाटका छोरा विवेक भाटको घर देखी पर भिरमा शव फेला परेको हो ।
उनको खोजी गर्ने क्रममा सोमबार दिउसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी इन्स्पेक्टर जनक बहादुर बोहराले बान्निगढी टुडेलाई जानकारी दिनुभयो
अहिले पनि प्रहरीको टोली घटना स्थलमै रहेको र भोलि बालकको शवको पोस्टमार्टम गरिने घटना स्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज सुरेन्द्र जोशीले बताउनु भयो ।
घटना के कति कारणले भएको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस